धैर्य राख

धैर्य राख- बिस्तारै हट्नेछ धुलोको आतङ्क बिस्तारै झर्नेछ शितल झरी बिस्तारै फुट्नेछ सुखको मूल बिस्तारै थाक्नेछ पोलेको घाउ। धैर्य राख- समय हो सबै कुरा धैर्य राख- धैर्य नै हो सुखको खोज। एकदिन सबै आउनेछ फर्केर एकदिन त~ समय आउनेछ। धैर्य राख केवल आजलाई धैर्य राख… 0 Facebook 0 Twitter 0 Linkedin 1 Facebook-messenger 0 Viber […]

क्षेत्रप्रताप अधिकारीको कविता- योनी

प्रस्ट गन्तव्यको अभावमा एक आयु यात्रा त फेदीमा पुग्दा–नपुग्दै सकिँदो रहेछ। उकालो अस्मेल छ भन्छन् आज पनि यतै रात पर्‍यो क्यारे ! उच्च उज्वल हिमशैलहरु मलाई सम्भोग गर एउटा घाम ब्याउँछु कि हेरौँ– दीप्ति कस्तो हुन्छ तृप्ति कस्तो हुन्छ ! कुन्नि कहाँ पुगे सहयात्रीहरु बुद्धि दौडेर म पाइला हिँडेको अन्योलमा बियाँलो हुने नै भयो कुन […]

कृष्णभूषण बलको कविता- पर्खनुपर्छ

जसले जतिसुकै लठ्ठीले हाने पनि हरियो घाँस देखेपछि गाई चर्छ नै। जसले जतिसुकै डोकाले छोपे पनि चारो देखेपछि चल्लाहरु चारो टिप्न निस्कन्छन् नै। म पनि छताछुल्ल च्यातेर मनहरु इन्कलाब गर्न निस्केको छु- ज्यादै असामयिक भयो कि! जस्तो बनाउनेले त फेदैबाट बनाएकै हुन् धरहरा तर चित्र कोर्नेले टुप्पाबाट बनाउँदै आउँदा रहेछन् धरहरा। पर्खनु पर्छ समय आफैँ […]

चारो पर्खेका बचेराहरु

उड्दा उड्दैको चरो फुत्त खस्यो आकाशबाट चारो पर्खेका बचेराहरु बिचराहरु पर्खिरहे पर्खिरहे……. 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

भूपी शेरचनको कविता- घैंटोभित्र वटवृक्ष

साँघुरो घैंटोभित्र माटो जमाएर उमारिएको वटवृक्षझैँ मैले आफ्ना दुइटा हाँगाहरु फैलाएँ र म ओइलाएँ। आफ्नो वरिपरि निसास्सिँदो पर्खाल पाएर अनि मैले मुक्त वायुमा सास फेर्न ठिङ्ग उभिएका आफ्ना पाँच नाङ्गा औँलाहरु पट्याएँ। प्रकाशनको खोजीमा दगुरेका आफ्ना हस्तरेखाहरुलाई पछाडि फर्काएँ र अब म आफ्नै मुट्ठीभित्र बन्द छु आफ्नै कठोरताभित्र कैद छु। तर कुनै दिन तिमीले चिन्न […]

ईश्वरवल्लभको कविता- धूवाँको जङ्गल

माथि आकास हेर्नु छ क्षितिज छुनु छ। एक जनालाई फूलको थुँगा दिनु छ नजिकमा कोही छ कि छैन ! यदि छ भने उसलाई बोलाउनु छ। फेरि एउटा लहर र लस्कर बनाएर पर पुग्नु छ। साँझको रक्तिम कलिलो घाम सायद कतै हराएछ। बिहानको सखार पनि देखिएन ! ओरालो पनि छैन कता गए ती बस्तीहरू? कता गए […]

गहिराइ

गहिरो दु:ख- शान्त हुन्छ गहिरो प्रेम- शान्त हुन्छ प्राय: शान्त रहन्छ- गहिरो खुसी, गहिरो समर्पण। शान्त रहन्छन् कालजयी सृजनाहरु शान्त रहन्छन् गहिरो प्रेममा डुबेकाहरु म हरेक चिजलाई त्यस्तै गहिराईबाट छुन चाहन्छु। र चाहन्छु त्यसरी नै शान्त रहन जसरी शान्त बग्ने गर्छ गहिरो नदी… 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

साँझतिर

त्यही के त! उही ठाउँमा- भेटौँला साँझतिर। मन खोलेर मनका कुरा- मेटौँला साँझतिर।। धेरै भयो! के छ कुन्नी ! खबर बुझ्न पाको छैन, भूल केही थिए जरूर- समेटौँला साँझतिर।। ति पुराना याद अनि- साथ ल्याउनु सबै कुरा, तिम्रा कुरा मेरा कुरा- सँगेटौँला साँझतिर।। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

हरिभक्त कटुवालको कविता- जीवन: एक दृष्टि

घरि घरि हावा भरिरहनु पर्ने पङ्कचर भएको- बाइस्कलको ट्यूब जस्तो यो जीवन कति टिठलाग्दो छ ! टाल्यो- उप्किन्छ उप्किन्छ- टाल्यो टाल्दा टाल्दै टाल्ने ठाउँ नै हराइसक्छ र पनि नटाली धर छैन नगुडी चक्कालाई सुख छैन ! गुड्दा गुड्दै जब असंख्य भ्वाङ पर्छन् टाल्नै नसकिने- ट्युबमा अनि फेकिन्छ निर्दयतापूर्वक डष्टबिनमा वा कुनै नालीमा । घरि घरि हावा भरिरहनु […]

चियासँग संवाद गर्छु

जब पुषको ठिहीले अत्याउँछ र ठिहिर्‍याउँछ भित्रैबाट। जब चिस्सिन्छ मन,मष्तिस्क र आत्मा कसैको अभावमा। जब कहाली बन्छन् जीवनका कहानीहरु र बज्न थाल्छ अन्यौलको सारङ्गी। जब बिउँझिएपछि झस्काउन आउँछन् राती देखिएका विभत्स सपनाहरु। ए चिया~ तँ नहुँदो होस् त मेरो दिन कस्तो हुन्थ्यो होला? 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp