संसारमा
के याद रहँदैन र?
प्रेम याद रहन्छ
घृणा याद रहन्छ।
मिठो बोली
या त कर्कश गाली
हेराईको कटाक्ष
या त प्रेमको आह्वान।
संसारमा
सबैकुरा याद रहन्छ
सबैथोक-
स्मृतिमा कतै थिग्रिएर
लुकेको हुन्छ~बसेको हुन्छ।
याद रहन्छ इतिहास
वर्षौँपछि वर्तमानमा।
जसरी
याद रहन्छ वर्तमान
भविष्यमा गएर।