भन साथी- के सुन्न चाहन्छौ?

धेरै कथाहरु छन्
सुनाउनै बाँकी छन्।

भत्काएर नियमका पर्खालहरु
लगाउनुछ अब
स्वतन्त्रताको नारा।
वर्षौँ पुरानो थकान
रित्याउनुछ अब।

थन्किएका पुराना ठेलीहरुझैँ
धुलो जमेका छन्
मनका तख्ताहरुमा
पुछ्नुछ- टक्टकाउनुछ।

जे सोध्छौ त्यही छ
जे सोच्छौ त्यही छ..

भन साथी-
के सुन्न चाहन्छौ?

(तस्विर साभार- लैनसिंह वाङ्देलको Self Potrait)

Leave a Reply

Your email address will not be published. Required fields are marked *