‘शून्यता’को- अपरिभाषा

यस्तो रहोस् सम्बन्ध तिमीसँग तिम्रो उपस्थिती पनि होस् र मेरो भूमिका पनि रहोस्। यस्तो प्रेम रहोस् हरेक क्षण प्रेममा पनि रहुँ र महसुस पनि नहोस्। समर्पण, प्रेम, साथ र आत्मियता। प्रिय, म तिमीसँग त्यस्तै सम्बन्धविहीन सम्बन्ध चाहन्छु जो “शून्यता”का बिच पनि पूर्ण रहोस्। ~ शून्यता (मूल कविता साभार) 0 Facebook 5 Twitter 1 Linkedin 0 […]

केवल दुई दिन

केवल दुई दिन तिमी साथ भए पुग्छ जिन्दगीमा। एक दिन- तिमी मेरो साथ हुनु। अर्को दिन- म तिम्रो साथ रहुँला।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

हुनसक्छ!

हुन सक्छ- तिमी आएकी थियौ र म निदाएको थिएँ। हुन सक्छ- तिमीले बोलाएकी थियौ र म सपनामा थिएँ। हुन सक्छ- हामी बोलेकै थिएनौँ। हुन सक्छ- त्यो प्रेम थिएन त्यहाँ प्रेम थिएन। संसार भ्रम र यथार्थको संयोग न हो गोधूलि साँझजस्तै! यहाँ जे पनि हुन सक्छ। हुन सक्छ…   1 Facebook 15 Twitter 0 Linkedin 0 […]

मनको कन्तुर

हजुरबाले भागवतको पुस्तक जतन गरेर मन्दिर छेउ राखेझैँ। बाबाले घरको बहीखाता हिसाब हेर्दै मिलाउँदै सिरानी छेउ राखेझैँ। आमाले खुद्रा खाद्री पैसा सिन्कीको बट्टामा लुकाएर राखेझैँ। मैले पनि तिम्रो यादलाई खुसुक्क लुकाएर राखेको छु मनको कन्तुरमा…   0 Facebook 14 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

क्षेत्रप्रताप अधिकारीको कविता- कविता सारी भए पो हुन्थ्यो!

मेरो कविता तिम्रो आँखामा पर्‍यो? कतै च्वास्स छोयो? के छुन्थ्यो! कविता सारी भए पो हुन्थ्यो। तिम्रो दृष्टिकोणबाट हेर्दा त म त्यसै समय बिताइरहेछु दालभात बुत्याइरहेछु। तिमी नै भन, के लेख्ने– आलु–भन्टा, कन्डोम लेख्ने? जताततै दुर्गन्ध छ लेख्ने? आज नेपाल बन्द छ लेख्ने? के लेख्ने? जवाफ छ? सबै मूक दर्शक, सबै मौन दुर्भावना नभैकन मौनता हुन्छ? […]

नेताज्यू आजकल कवि हुनुभा’छ

शहरबाट एकाएक हरायो कविता। शब्द हरायो वाक्य हरायो साहित्य हरायो। कविहरु डराए र रुँदै कराए- ‘तमाम शब्द र कविताहरु कहाँ हराए?’ अर्को दिन बिहानै विज्ञप्ति आयो- ‘नेताज्यू आजकल कवि हुनुभा’छ कविता लेख्दै हुनुहुन्छ लेख लेख्दै हुनुहुन्छ। कसैलाई शब्द चाहिए अनुमति लिनुहोला।’   0 Facebook 7 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

आँखाहरु

तिम्रा गहिरा आँखाहरुमै लेखिएको छ पूरा कबिता। बाक्ला-काला परेलीमा लत्पतिएको छ सुन्दर गजल। ढल्पलाइरहेका आँशुहरुमा बजिरहेछ सुमधुर गीत। तिम्रा आँखा र यो मौनता। यो भन्दा सुन्दर कविता अर्को के छ र संसारमा? भोS अब मलाई कबिता लेख्नु छैन…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

भूपि शेरचनको कविता- प्रजातन्त्र दिवस

आज फागुन सात गते ‘प्रजातन्त्र दिवस’ गर्वलाग्दो पर्व नेपालीको ।    एउटा ठूलो जुलूसले गरिरहेछ शहर परिक्रमा बाटाभरि हिडिरहेछन् सेता दौरा सुरुवालहरू, हेडमास्टरको पछि-पछि पसिना पुछ्दै बालहरू, चङ्गा झैं उड्दैछन् हावामा काला टोपी (विचारशून्य मस्तिष्कलाई छोपी) फर्फराइहरेछन् जतासुकै काला कोटहरू (जसभित्र छन् सायद जुलूसपछि पप्लु खेल्न राखेका नोटहरू) आज फागुन सात गते ‘प्रजातन्त्र दिवस’ गर्व […]

भैरव अर्यालको कविता- कारिन्दा

उठ् पुछ् खा चुठ् दुगुर्–दुगुर् स्वाँ–स्वाँ। बस् धस् हस् हजुर लुखुर–लुखुर स्याँ–स्याँ। तिहुन तमाखु थप पापाको संसार ऐजन ऐजन लम्पसार ।     0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

चुनाव

एउटा बाटो थियो- गाउँबाट सिधा सहरतिर तेर्सिएको। एउटा बाटो थियो- घरबाट सिधा घरतिरै फर्किएको। एउटा अर्को बाटो पनि थियो- घरको मझेरी हुँदै गएर टुङ्गिन्थ्यो आमाको पाउमा। दोधार, दोसाँध, अलमल.. भविष्य र जीवन बिचको चुनावमा मेरा‌ सामु भविष्य थियो। र यसरी मैले पहिलो बाटो रोजेँ! 0 Facebook 8 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]