एउटा बाटो थियो-
गाउँबाट सिधा सहरतिर तेर्सिएको।
एउटा बाटो थियो-
घरबाट सिधा घरतिरै फर्किएको।
एउटा अर्को बाटो पनि थियो-
घरको मझेरी हुँदै
गएर टुङ्गिन्थ्यो आमाको पाउमा।
दोधार, दोसाँध, अलमल..
भविष्य र जीवन बिचको चुनावमा
मेरा सामु भविष्य थियो।
र
यसरी मैले पहिलो बाटो रोजेँ!