यस्तो रहोस् सम्बन्ध तिमीसँग
तिम्रो उपस्थिती पनि होस्
र
मेरो भूमिका पनि रहोस्।
यस्तो प्रेम रहोस् हरेक क्षण
प्रेममा पनि रहुँ
र
महसुस पनि नहोस्।
समर्पण, प्रेम,
साथ र आत्मियता।
प्रिय,
म तिमीसँग
त्यस्तै सम्बन्धविहीन सम्बन्ध चाहन्छु
जो “शून्यता”का बिच पनि
पूर्ण रहोस्।
~ शून्यता
(मूल कविता साभार)