हुन सक्छ-
तिमी आएकी थियौ
र म निदाएको थिएँ।
हुन सक्छ-
तिमीले बोलाएकी थियौ
र म सपनामा थिएँ।
हुन सक्छ-
हामी बोलेकै थिएनौँ।
हुन सक्छ-
त्यो प्रेम थिएन
त्यहाँ प्रेम थिएन।
संसार
भ्रम र यथार्थको संयोग न हो
गोधूलि साँझजस्तै!
यहाँ जे पनि हुन सक्छ।
हुन सक्छ…