एक-
सपना
एउटा चरो थियो
आकाशमा
उड्दा उड्दै
फुत्त खस्यो ।
जसरी
खस्छन् सपनाहरु
सपनाबाट…
दुई-
आश
फर्किन्छौ कि भन्ने अझै
आश बाँकी छ ।
तिमी प्रति प्रेम अझै
खास बाँकी छ ।
धड्किँदैछ मुटु अझै
तिम्रै नामको सुनिहेर ।
सुन- तिम्रै नामले चल्ने
श्वास बाँकी छ ।
तीन-
याद आउँछ सानी ?
डराई डराई घुमेको
याद आउँछ सानी ?
लजाई लजाई चुमेको
याद आउँछ सानी ?
मदहोसीमा डराएर
एक अर्कामा हराएर ।
घण्टौँ घण्टा झुमेको
याद आउँछ सानी ?