विभक्त हुँदै थिएँ

विभक्त हुँदै थिएँ
अङ्ग अङ्गमा।
छुट्याउँदै थिएँ
आफूदेखि आफूलाई।

घरदेखि बजारसम्म
चोकदेखि अफिससम्म,
दिँदै गएँ
लिँदै गए
दिमाग चाहिनेलाई दिमाग
हात चाहिनेलाई हात
यात्रा माग्नेलाई खुट्टा
दृश्य माग्नेलाई आँखा
आवाज माग्नेलाई बोली

अनि मन?

एउटा मन त थियो!
बेमन थियो
चुपचाप बसिरह्यो..

@ विस्मय !