शहर छोड्दै छु म

सम्झनाले पिरोलेमा एकान्तमा रोइदिनु
मुटुभित्र सजिएको तस्बिर मेरो छोइदिनु ।
पर्खि बस दुईचार घडी पहर- छोड्दै छु म
फर्कि आउने वचन दिन्छु, शहर छोड्दै छु म ।।

अत्यास होला बिनासित्ती, हृदयको जलन होला,
भरिएर गहभरी, आँखाहरु मलिन होला ।
छाड्दैछु यो पीडाहरु, कहर छोड्दै छु म
फर्कि आउने वचन दिन्छु, शहर छोड्दै छु म ।।

त्यो भिडमा, अत्यासमा, कोलाहलको बिस्मृतिमा
छाउने नै छ्यौ वचन दिन्छु, तिमी मात्रै स्मृतिमा ।
मनभरि छताछुल्ल रहर छोड्दै छु म,
फर्कि आउने वचन दिन्छु शहर छोड्दै छु म ।।

 

1 Comment

  • Dhrubatara , March 31, 2024

    गजब

Leave a Reply

Your email address will not be published. Required fields are marked *