अव्यक्त कुराहरु नै
धेरै सुन्दर हुन्छन् बरु ।
जस्तो-
मनमा दबिएर बसेको प्रेम
ओठमा फक्रिएको मुस्कान
मुहारमा धुम्मिएको मायालु रिस
बोल्नु- भाव सिद्ध्याउनु
नबोलेरै भावनाहरु
साटिन्छन्, भनिन्छन्
सुनिन्छन्, सुनाइन्छन् ।
मेरो प्रेम पनि
त्यस्तै अव्यक्त- प्रेम थियो
प्रिय !
तिमीलाई कहिल्यै महसुस भयो ?