ऐनामा हेर्दा कस्तो लाग्छ ?
संसारकै राम्री- जस्तो लाग्छ ?
कस्ती न छु झैँ नखरा छ त !
बोलाउनै हुन्न झैँ बेहोरा छ !
वारी र पारी गाउँमा
तिम्रो हाम्रो नाउँमा ।
चल्या छ हल्ला अनेक थोक
सडक र गल्ली, बाटो र चोक ।
हामीले बोल्दा चैँ- सस्तो लाग्छ
ऐनामा हेर्दा कस्तो लाग्छ ?