इच्छाहरुको दास

चाहे जति नै कठोर बनुँ चाहे बनुँ संयमित। या त बनुँ मनैदेखी सावधान या रहुँ हरदम अनुशासित। मेरा इच्छाहरु यसरी घेर्छन् मलाई अनि छर्छन् मोह। जसरी- तान्छन्, बाँध्छन्, बेर्छन् अनि साँध्छन्। जीवन त केवल इच्छाहरुको दास मात्र रहन्छ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

स्विकार गर्छौ ईश्वर?

म तिमीलाई अस्विकार्छु, स्विकार गर्छौ ईश्वर? तिम्रो सृष्टि! -धिक्कार्छु, स्विकार गर्छौ ईश्वर? यो दु:ख, यो पीडा, यो जलनमा कहाँ हुन्छौ? सामु आउन ललकार्छु, स्विकार गर्छौ ईश्वर? अस्तित्व छ तिम्रो भने, हटाऊ सारा व्यथाहरु! अनि मात्रै स्विकार्छु, स्विकार गर्छौ ईश्वर?   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

गाउँ

मन छोडिएको छ गाउँमा जीवन छोडिएको छ गाउँमा। आत्मा, मुटु, चेतना, प्रेम सबै छुटेका छन् उतै- कुनै बारीका गह्रामा कुनै खेतका आलीमा कुनै कान्लाका ढिस्कामा कुनै अलिक पर्तिर खोल्सामा। यो शहरमा यो चलिरहेको शरीर देख्नुहुन्छ नि? हाड, छालाको शरीर! यो त अब मेसिन भइसक्यो। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

बालकृष्ण समको कविता- म पनि द्यौता मान्छु

म पनि द्यौता मान्छु जोगी म पनि द्यौता मान्छु; तर तिम्रो र मेरो द्यौतामा आकास र पृथ्वीको भिन्नता छ। तिमी उसलाई आँखा चिम्लँदा अमूर्त चिन्तनको बादलमा देख्छौ म उसलाई आँखा उघार्दा प्रत्येक मानिसको प्रिय दर्शनमा देख्छु। अवश्य मेरा तीन अरब द्यौतामा अस्पष्टता छ, धमिलोपन छ विकार छ म त्यही हटाउन कविता लेख्छु अझ कविता दर्शन […]

खोपडी

एउटा खोपडी छ बरै! के के पो सोचोस्? छिमेकीको झगडा छिमेकी देशको लफडा। साहित्यको गञ्जागोल सिनेमाको भद्रगोल। नेताको भाषण कर्मचारीको आश्वासन। बा-आमाको अर्ति आफन्तको फुर्तीफार्ती। रोग व्याधीको झटारो अस्पतालको चटारो। युद्धको त्रास भविष्यको अत्यास। एउटा खोपडी छ बरै! के के पो सोचोस्?   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जीवन-रेखा

मान्नुस्- समय छोटो छ। मान्नुस्- यात्रा लामो छ। मान्नुस्- जीवन रेखिय छैन एउटै रेखामा हिँड्दैन। अति नै पातलो रेखा हुन्छ- भ्रम र यथार्थबिच सत्य र असत्यबिच प्रेम र अप्रेमबिच विश्वास र अविश्वास बिच। मान्नुस्- सत्य यती सत्य हुन्छ कि! सत्य स्विकार्नै कठीन हुन्छ। मान्नुस्…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

नदीको क्षेत्रफल

उसलाई याद छ आफ्नो बाटो आदिम कालमा उसैका पुर्खाहरुले कोरेको डोर। उसलाई याद छ कटान र किनाराको सिमा वर्षौँ अगाडी उसैका भेलहरुले सम्याएको धर्सो। उसलाई पुरा पुरा याद छ कहाँ बग्ने र कति बग्ने कसरी बग्ने र किन बग्ने! तिमीले पो बरु बिर्सिएथ्यौ आफ्नो क्षेत्रफल र रोकिदिएथ्यौ उसैको वेग। नदी अहिले आफ्नो क्षेत्रफ‌ल माग्दैछ के […]

माधव प्रसाद घिमिरेको कविता- नवयुवक

जूँघारेखी भरखर बसी मुस्कुराईरहेको को होला त्यो कुन लहडमा गीत गाईरहेको त्यो हो हाम्रै तरुण–वयको याद आईरहेको डाकी नौला दिनहरू नयाँ गीत गाईरहेको । (१) तिम्रा लामा सबल भुज छन् शैल बोक्लान् समान छाती तिम्रो दृढतर छ त्यो वज्र रोक्लान् समान तिम्रै कन्धाउपर युगको भार राखीदिउँ कि ! मागी तिम्रै हृदय म पनि बैँसमा फर्किऊँ […]

थोपा-थोपा रित्तिरह्यो

पानी जस्तै जिन्दगानी, थोपा थोपा रित्तिरह्यो। हाम्रो प्रेमको कहानी, थोपा थोपा रित्तिरह्यो। त्यो छुवाई,त्यो जिस्काई, उन्मुक्त ती रहरहरु। चपल,चञ्चल जवानी थोपा थोपा रित्तिरह्यो। त्यो मुस्कान, त्यो हाँसो, त्यो मुहारको सुन्दरता। क्षणिक रैछ जवानी, थोपा थोपा रित्तिरह्यो।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अर्को एक बिहान

बिहानै- भाले करायो बाटोमा बटुवा हिँड्न लागे धुपको मिठो सुगन्ध नाकैमा ठोकियो चियाको बाफिलो महक हर्हरायो कतै टाढा मधुर भजन बिस्तारै गुञ्जियो हरे राम! को आलाप शङ्ख र घन्टको गाइँगुइँ। बिहानै- एकैछिनमा धेरै- धेरै नै कुरा भयो। तर आजको बिहान पनि तिमीबिनै बित्नेछ सधैँ झैँ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]