दुबैतिर
छुँदै मात्रै झन्झनाउने कम्पन थियो दुबैतिर। नसा नसा सन्सनाउने तड्पन थियो दुबैतिर। छुन्थे हात, चुम्थे ओठ बेहोसी झैँ बतासिन्थे। अङ्गालोमा कसिएको बन्धन थियो दुबैतिर। खै के थ्यो? तर थियो- खै के को हतार थियो! एकै सुरमा धड्किएको धड्कन थियो दुबैतिर। 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp