परिभाषा

बाफजस्तो सम्बन्ध-
उठ्छ, उड्छ
र कतै हराउँछ हावाका झोँकाहरुमा।

या सम्बन्ध-
मुठ्ठीभर बालुवाजस्तो?
बिस्तारै झरिरहन्छ फुर्र
औँलाका कुना काप्चाबाट।

अथवा सम्बन्ध-
घाममा टट्टाइरहेको हिउँको डल्लो
पग्लिरहेको बिस्तारै
निरन्तर…

भन
तिमी नै भन न!
यो सम्बन्धलाई म के नाम दिउँ??

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *