नियति

हल्ला गर्दै आएकाहरु चुपचाप गए। हतारिँदै छिरेकाहरु लुसुक्कै निस्किए। पुरानो वस्तीझैँ उजाड छोडेर उराठ छोडेर.. आवादी बोकेर आएकाहरु खण्डहर बनेर हराए। हुन त- जानु नै थियो एकदिन अलिकती चाँडै गए साँझमा अस्ताउनुपर्थ्यो घाम दिउँसै अस्ताए। थोरै छिटो अस्ताए!   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जीवन- एक आहुती

यज्ञमण्डपको समिधा झैँ एक थान जीवन ठिक्क छ सल्किनलाई। रापले, तापले विस्मातले, सन्तापले… बिहान दिउँसो साँझका अनगिन्ती, अथाह र असीमित घनचक्करहरुमा रुमल्लिएर तातेको छ दिमाग ! शरीर ! मन ! क्षत-अक्षत सपनाहरुलाई साक्षी राखेर हवनकुण्डको आहुति झैँ जल्नलाई ठिक्क छ जिन्दगी ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

सौता

ऊ ठुँस्किन्छे- गर्मीमा पनि कोही चिया पिउँछ ? म भन्छु- प्रेमको कुनै मौसम हुन्न । झगडा- चियाबाट सुरु हुन्छ र चियामै टुङ्गिन्छ । आजकल ऊ चियालाई आफ्नो सौता ठान्छे ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

बिहानै

बिहानै- बेहुलीले घुम्टो उघारेझैँ बिस्तारै उघ्रियो क्षितिजको पर्दा र धपक्कै बल्यो आकाश चम्कियो सुदूर पारको हरियो पहाड । बल्यो, जग्मगायो सिङ्गो धर्ति हाँस्यो अनि खित्खितायो फूल । बिहानै- चियाको तातो बाफ मडारिँदै उठ्यो र बिस्तारै फैलियो हावाका लहरहरुमा बत्तियो बिलायो। बिहानै- बिस्तारै सुरु हुँदैछ एउटा नयाँ दिन ।   0 Facebook 0 Twitter 0 Linkedin […]

पुरानो याद

हराउँदैन पुरानो प्रेम पुरानो याद, पुराना क्षण । पहिलो प्रेमको पहिलो बहार पहिलो भेट, पहिलो उपहार । बिलाउँदैनन् गाढा बनेर बसेका कसैका सम्झनाहरु । कुनै दिन जब हिँड्नेछौ पहिलोपल्ट सँगै पाइला टेकेको गोरेटो र घण्टौँ साथ बिलाएका गल्लीहरुमा । याद आउनेछ त्यो दिन सबै याद आउनेछ ।   0 Facebook 0 Twitter 0 Linkedin 0 […]

दुई टुक्रा प्रेम

एक- हाम्रो प्रेमको हल्ला खुबै चल्या रैछ गाउँतिर । तिम्रो घरको छेउछाऊ र म बसेको ठाउँतिर । हावा नचली पात हल्लिन प्यारी ! भन न, के हल्ला साँचो हो ? दुई- हेर्नलाई त जसले पनि हेर्न सक्छ तिमीलाई । तर मेरो हेराई- आँखा पाउनेछैनौ तिमी । मिठा कुरा, मिठो बोली बोल्नलाई त के नै छ […]

पुराना यादहरु

यादहरु छन् तर पुराना छन् । हजार शब्द लेखे पनि खाली पाना छन् । तिमी थियौ‌, जीवन थियो, कोही- आफ्नो थियो । तिमी गयौ- सबथोक गयो, मनभित्रको आलोक गयो । आफन्त छन् तर बिराना छन् । यादहरु छन् तर पुराना छन् ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

ओठमा

मन्द मन्द मुस्कुराउँदो हाँसो थियो ओठमा । हाँसो भित्र बिचित्रको पासो थियो ओठमा । आह्वान थियो प्रेमालापको मनभित्रको विलाप थियो । जन्म जन्म अतृप्त झैँ नासो थियो ओठमा । व्यग्र थियो, उत्ताउलो चञ्चल थियो, मस्त थियो । कौतुहलता, उन्मुक्तता, चासो थियो ओठमा ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

समाचार

समाचार आउँछ- उसले बलात्कार गर्‍यो रे! खबर आउँछ- उसले छाड्यो रे आफ्नै आमालाई वृद्धाश्रममा। पत्रिका लेख्छ- उसले दल्यो रे आफ्नै शिक्षकलाई कालो मोसो। खबर आइरहन्छ… म सोध्छु- त्यो ऊ को थियो? जवाफ आउँछ- कोही थियो। मान्छे नै थियो। सोच्दैछु- के ‘ऊ’! मान्छ नै थियो?   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

शाश्वत

धेरै सिक्न बाँकी रैछ जीवन अझै थाती रैछ । हास्न अनि हँसाउन बाँच्न अनि बँचाउन । सिक्नुछ अझै पनि प्रेम गर्न प्रेमी हुन । वेदनामा कसैको साथ बसी रुन । तारा हेर्दै, जून हेर्दै मग्न हुन हराउन । जीवन केवल सिकाइ हो यात्रा हो र भोगाइ हो । धेरै कुरा अज्ञात रैछ मृत्यु मात्रै शाश्वत […]