भूपी शेरचनको कविता- घुम्नेमेचमाथि अन्धो मान्छे
दिनभरि सुकेको बाँसझैँ आफ्नो खोक्रोपनमाथि उँघेर, पछुताएर दिनभरि रोगी मलेवाझैँ आफ्नो छाती आफ्नै चुच्चोले ठुंगेर, घाउहरु कोट्ट्याएर दिनभरि सल्लाघारीझैँ एकलासमा अव्यक्त वेदनाले सुँक्क–सुँक्क रोएर दिनभरि पाते च्याउझैँ धरती र आकाशको विशालतादेखि टाढा एउटा सानो ठाउँमा आफ्नो खुट्टा गाडेर, एउटा सानो छाताले आफूलाई ढाकेर साँझमा जब नेपाल खुम्चिएर काठमाडौं काठमाडौं डल्लिएर नयाँ सडक र नयाँसडक– असङ्ख्य […]