दिलको ढोका उघारेर
यतैतिर सारेर।
भित्रै पस्न मन छ
भन-मिल्छ मिल्दैन!
अङ्गालोमा बेरेर
आँखा-आँखा हेरेर।
त्यतै बस्न मन छ
भन-मिल्छ मिल्दैन!
निदाएर काखैमा
जिन्दगीभर साथैमा।
गाँठो कस्न मन छ
भन-मिल्छ मिल्दैन।
नबस न अलमलमा,
बितिजान्छ छलफलमा।
छिटै फस्न मन छ
भन-मिल्छ मिल्दैन!