केही जिन्दगी त
ट्राफिक जाममा बसेरै बित्यो
केही जिन्दगी
अस्पताल र बैंकको लाइनमा
केही
सरकारी कार्यालयको फाइलझैँ
घुम्यो यो कोठा र त्यो कोठा
त केही अल्मलियो
बिहे र ब्रतबन्धको शुभकामनामा।
अनन्त सृष्टिचक्रमा
कतैबाट फुत्त प्रकट
एक्कै थान जीवन छ-
बाँचिदिनु न हो!
यसै बित्छ
यसै कट्छ..