समर्पण

हाँगा लर्किएर फूल लत्रिएझैँ
लत्रिनेगर्छ
बेला बेला यो मन पनि
तिम्रो चरणमा।

पानी हौसिएर बाफ
बाफ चिस्सिएर पानी भएझैँ
तिम्रो स्पर्शको असिम तापले
भुतुक्कै हुन्छ हृदयको कुनै कुनो
र पग्लिएर सल्बलाउँछ नसा-नसामा..

जसरी
घामको रापले लतक्कै बन्छ हिउँ
अनि
रसाउँछ बिस्तारै भेल बनेर..

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *