कविता लेख्दै थिएँ…
हावा आयो फर्फराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरु । घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज । पानी बर्सियो झरी बनेर र भिजाइदियो शब्दको बाँझो बारी । आकाश आयो र देखाइदियो कल्पनाको अनन्त दृश्य । म कविता लेख्दै थिएँ… 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp