जानै यदि मन भए

जानु
जानै यदि मन भए।
सताउनु
सताउने नै रहर भए।
नहेर्नु फर्केर कहिलैपनि
रिस भए, इर्ष्या भए।

तर यति कुरा याद राख्नु
कुनै दिन त
म पनि तिमीलाई
त्यसैगरी भुलिदिन सक्छु
जसरी-
आफैँबाट पग्लिएर बगेको
पानीलाई भुल्छ हिमाल।
अङ्गालिँदै बत्तिएको
हावालाई भुल्छ पहाड।
भर्खरै बसेर उडेको
बचेरोलाई बिर्सिन्छ रुख।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *