हरिभक्त कटुवालको कविता- मन त फलामकै भए असल हुन्छ

मन त फलामकै भए असल हुन्छ न घात–प्रतिघातमा रुन्छ न सयपत्री र बाबरीले बाटो थुन्छ मन त फलामकै भए असल हुन्छ कसैले चिमोट्यो एक कप्टेरो त्यतै टाँसियो, कसैले एउटा मुस्कान फ्याँक्यो उसैको पछ्यौरीमा गाँसियो; जहिले पनि जलेकै छ, जता पनि ढलेकै छ, मनको बह कसैसित नकह कसले बुझ्छ, कसले सुन्छ ? मन त फलामकै भए […]

नियत

तिम्रा आँखामा तेज थियो र मैले नजर झुकाएँ। झुक्दा झुक्दैका आँखाहरु सायद आत्तिँदै छट्पटिँदै हतारिँदै अतालिँदै लत्पतिए होलान् तिम्रा अङ्गहरुमा । विश्वास गर म अञ्जान थिएँ त्यतिबेला नादान थिएँ र विवश थिएँ आफ्नै मनको अनियन्त्रणमा… तिमीले त यसै मेरो नियतमा खोट देख्यौ !   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

एक्लो…

लमतन्न बाटो चुपचाप चौक सुस्तरी बामे सरिरहेका गाडीहरु शान्त पाइला शान्त पल.. एउटा झरी हुनेगर्थ्यो उल्लासी,उन्मत्त र उत्तेजक। र हिँड्नेगर्थ्यो एउटा जोडी चुपचाप कुम ठोक्काउँदै सडकको ओल्लो कुनो पल्लो कुनो मौन स्पर्श मौन मुस्कान मौन संवाद.. र अहिले यो झरी छ नितान्त एक्लो एक्लो.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

ईश्वरवल्लभको कविता- प्रस्थानको तरखर

केही असल मानिसहरूजस्तै पन्छीहरू हाँगाहाँगा जम्मा हुँदै थिए आज, अझै त्यो पुर्बेली हावा चलेन सुकेको एउटा पात पनि झरेन। हुन त मनको पीर आँधीजस्तै दुख्छ, त्यसैले बिर्सिदिए हुन्छ- यस्ता कुराहरू म अब डिलमा उभिएर हेर्छु, तल फेदीमा नदी आयो कि आएन! केही दिनअघि त्यहीँबाट त्यो नदी मेघ भएर आकाश गएको थियो त्यसैले पानी बग्न पायो […]

सिद्धिचरण श्रेष्ठको कविता- जीवन चलिरहेछ

जीवन चलिरहेछ । कता गएर शीर्ण-विशीर्ण हुने हो या कता पार पुगेर अड्न जाने हो- सब कुरा परिस्थितिकै हातमा सुम्पेर भड्किरहेको जहाजझैँ जीवन चलिरहेछ । बेहान हुन्छ, दिउँसो आउँछ, रात जान्छ असजिलो फुटाई सजिलो पार्न खोज्छ बेअर्थको हाँसो हाँस्छ आफ्नैजस्तै गहिरो रुवाइ रुन्छ । जीवन चलिरहेछ – महाशून्यसित जिस्किरहेछ । सानुकी आमा आएर भन्छे – […]

कसरी पो निदाउँदैछ्यौ!

भिज्दो सिरानी, बग्दो पानी कसरी पो निदाउँदैछ्यौ! छ उर्लँदो जवानी कसरी पो निदाउँदैछ्यौ! यसो सोच्छु- यता म छु उस्तै गरि निस्सासिँदो। तिम्लाई छुने तिम्रै हुने कल्पना छ आकाशिँदो। बोकी उस्तै कहानी कसरी पो निदाउँदैछ्यौ! बुझ्छु म त्यो जवानी कसरी पो निदाउँदैछ्यौ!   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

क्षेत्रप्रताप अधिकारीको कविता- थारो कविता

पटुकामा अनिकाल कसेर कर्णाली रोएको बेला म हुम्ला लेखिरहेछु मेरो कविता – समोसा भैदिएको भए अक्षरका डल्लाहरू केही त्यता पठाएर केही यता बेचेर कम्तीमा पनि समोसा साहू त भइँन्थ्यो त्यस्तो केही भएन म बाँझो कवि थारो कविता लेखिरहेछु । गाउँमा कति मनहरू पैरो गएर मर्स्याङ्दी बगेको बेला म सहरमा सपना सुतेर रोदीघर देखिरहेछु मेरो गीत- […]

शहर अनन्त दु:खहरुको पुञ्ज हो..

शहर अनन्त दु:खहरुको पुञ्ज हो.. पत्यार लागेन? उसो भए ध्यान दिएर हेर- बिहान चिया पसलमा चुस्किसँगै निस्किरहेका देश छाड्ने वेदनाहरु। दिउँसो सडकमा घस्रिरहेका संवेदनाहीन पाइलाहरुको पदचाप। साँझ भट्टीमा दारुले भिजिरहेका सुख्खा ओठ। र रात गलेको संवेदना र अनिद्राले छटपटाइरहेको शरीर। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

तिमीलाई अझै पनि मौका छ

तिमीलाई अझै पनि मौका छ मलाई खोज्ने। तिमीलाई अझै पनि मौका छ मलाई भेट्टाउने। मौका बारम्बार आउँदैन- तिमीलाई अझै पनि मौका छ। हुनसक्छ- अरु पनि हजारौँहरु सयौँहरु मेरो खोजीमा निस्किएका हुनसक्छन् र भेट्टाउन सक्छन् मलाई। तिनीहरु आइपुग्नभन्दा पहिलै तिमीलाई अझै पनि मौका छ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

चिया सेलाइरहेछ

छेवैको टेबलबाट भर्खरै एउटा जोडी छुट्टियो झगडा परेर। अर्को टेबलमा एउटा जोडी बसिरहेछ एक अर्कामा बेरिएर। नजिकै कतै दुर्घटना भएछ क्यार साइरन बजिरहेछ मान्छे दौडिरहेछन्। म मौन छु- यो कोलाहलदेखि यो प्रपञ्चदेखि म किन मौन छु? जवाफ पाउँदिनँ र मौन बस्छु। बाफ उडिरहेछ चिया सेलाइरहेछ.. @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]