दूर भएँ म…

जोगाइराख्न सम्बन्धलाई मजबूर भएँ म। यति करिब भएँ कि दूर भएँ म…   @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

लर्को

एउटा लर्को थियो एयरपोर्टमा घर खोज्न घरबाट निस्किएकाहरुको। एउटा लर्को अर्को थियो घर बनाउन घरबाट निस्किएकाहरुको। एउटा अर्को पनि लर्को थियो सिमानामा- भूकम्पले ऋणले अभावले गरिबीले बेघर भएर घरबाट निस्किएकाहरुको। फर्किएला त कोही? या कतै आफैँलाई बिर्सिएर बेपत्ता होला बिरानो शहरमा? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

संशय

खुसी छु- म मरेको छुइनँ, जिउँदै छु। तर खुसी पनि के जताउँ र! सास फेर्नु मात्रै जीवन हो र? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

कृष्णभूषण बलको कविता- बाटोखनी जाने सहिदहरू

बादलहरू च्यातेर घाम निकाले हाम्रा सहिदहरूले तर त्यो घाम उनीहरूका सपनामा कहिल्यै लाग्न सकेन। तुवाँलाहरू फटाएर सिङ्गै आकाश दिए हाम्रा सहिदहरूले तर त्यो आकाश उनीहरूको भविष्यले कहिल्यै भेट्न सकेन । तिर्खाले व्याप्त धुकधुकीमा मुहानै खन्याइदिए हाम्रा सहिदहरूले। तर चैतको खडेरीले मुहानै सुकाइदियो, यहाँ कसैले तिर्खा मेट्न सकेनन्, बुच्चे चरीहरूमा प्वाँख भिराए हाम्रा सहिदहरूले तर भोका […]

सुन्दरता

कसैले भन्यो- हिमालभन्दा सुन्दर के छ र दुनियाँमा? अर्को करायो- कहिले समुद्र देखेका छौ? भिडभित्रै कोलाहल थियो- यो ठिक, त्यो बठिक यो सुन्दर, त्यो असुन्दर.. मैले एक थुङ्गो फूल हातमा लिएँ र आँखा चिम्लिएँ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

पुनर्जन्म

हजारौँ माइल हिँडेपछि जब थाहा पाउनेछौ- बाटो भड्किएको लक्ष्य भड्किएको र गन्तव्य भड्किएको कुरा ठिक त्यही समय तिमीलाई थाहा हुनेछ बाटोको निस्सारता यात्राको निस्सारता र जीवनको निस्सारता.. विश्वास गर साथी- तिमी होसमा आउनेछौ त्यतीबेला र फेरी जन्मनेछौ एउटा नयाँ जीवनमा नवीन बोध लिएर। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

चिया र कविता

केही दुखाई थिए- चुपचाप पिएँ चियाका चुस्कीहरुमा। केही बाँकी छन् अझै पनि बिसाउनलाई कबिता लेख्दैछु। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

रक्सीमाथि दुई टुक्रा – हरिभक्त कटुवाल

१) सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम। २) म आफ्नै बाटो हिँडिरहेको हुन्छु तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ म तिमीलाई नै सम्झिरहेको हुन्छु तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ। विश्वास गर ! म कायल छु […]

जिन्दगी पार भयो…

एउटा बच्चो भर्खरै मेरो छेवैबाट पार भयो। म देख्दैछु उसको बचपनमा आफूलाई- बितिरहेको जिन्दगी गुज्रिरहेको समय ढलिरहेको दिनजस्तै मध्याह्मको घामजस्तै.. एउटा बच्चो भर्खरै मेरो छेवैबाट पार भयो लाग्यो मेरो आफ्नो जिन्दगी पार भयो। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

केही त गडबड छ

बाहिर मुर्दा शान्ति बोकेर भित्र कोलाहल चलिरहेछ। अथवा भित्र सन्नाटा छ मौन तर बाहिर क्रन्दन छ चर्को। हाँस्नुपर्ने ठाउँ थियो- तर कोही रोइदियो। रुनुपर्ने ठाउँमा किन कोही हाँसिरहेछ? ज्ञात छैन किन कसैलाई पूर्व र पश्चिमको? लाग्छ आजकल मजाक चलिरहेछ.. केही त गडबड छ जरूर केही त गडबड छ! @ विस्मय ! 0 Facebook 0 Twitter […]