रक्सीमाथि दुई टुक्रा – हरिभक्त कटुवाल

१)
सपना बोकेर आइदिने रातहरूलाई एउटा सलाम
सपना खोसेर लैजाने प्रभातलाई पनि सलाम
सजिलैसित जिउने एउटा मीठो निहुँ पाइएको छ
रक्सी बनाइदिने पहिलो स्रष्टालाई अर्को सलाम।

२)
म आफ्नै बाटो हिँडिरहेको हुन्छु
तर खुट्टा अन्तै कतै गइरहेको हुन्छ

म तिमीलाई नै सम्झिरहेको हुन्छु
तर अर्कै कसैले मलाई तानिरहेको हुन्छ।

विश्वास गर ! म कायल छु
तिम्रो मुस्कान जस्तै यो रक्सीसित

कहिले मैले उसलाई खाइरहेको हुन्छु,
कहिले उसले मलाई खाइरहेको हुन्छ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *