गजल
जीत मात्रै सधैँ हुन्न, हार पनि आवश्यक छ अंकुर नयाँ अंकुराउन, संहार पनि आवश्यक छ। खुसी खोज्दै, सबैतिर वाहवाही खोजिरहे, थलिएर फेरी उठ्न, प्रहार पनि आवश्यक छ। उघ्रिँदैन सधैँभरी- सफा, चट्ट, हराभरा, धुम्म धुवाँ ‘विस्मय’को बहार पनि आवश्यक छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp