हरिभक्त कटुवालको कविता- रहर

बा पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको खिया लागेका कलका पुर्जाहरू जस्तै गणितका शुत्रहरू पनि साह्रै पुराना भइसके रहर छैन मलाई बाँचिदिने केवल इतिहासका पानाहरूमा मैले त बाँच्नुपर्छ आउने दिनहरूमा इतिहासको गतिलाई उछिनेर इतिहासभन्दा बढी अरु केही भएर। त्यसैले बा पाठशाला जान्नँ म इतिहास पढाइन्छ त्यहाँ मरेका दिनहरूको फ्रेम हालेर राख्ने आदर्शभन्दा भोग्न […]

एक प्रश्न- कविलाई

भन्यौ कवि- कणमा छन् ईश्वर! कुन गिरिको पावनमा? चुर्लुम्मै देख्छु दुनियाँ सारा कुकर्मको प्लावनमा! खोजेर ईश्वर अन्तर्मनमा भेटिनँ कुनै पुर। गहिराइमा पुगेर हेरेँ अझै जानु कति दूर? कुन मन्दिरमा जानु कवि? कुन देवलाई ढोग्ने हो? कुन मानिसमा खोज्नु ईश्वर? कुन यात्रीलाई सोध्ने हो? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

आऊ- हामी वैदिक प्रेम गरौँ…

म प्रेमका ऋचा पढौँला तिमी समर्पणले हवन गर्नु। म साम गाउँला स्नेहले तिमी सुर मिलाइ नाद भर्नु। मन्त्रहरु फुस्फुसाउँदै वचन दिउँला जन्मान्तको। एकाकार भइ दुई आत्मा भ्रमण होला अनन्तको। आऊ- हामी वैदिक प्रेम गरौँ… @ विस्मय ! 0 Facebook 1 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

पासाङ नुरूका तीन कविता

१- तमासा जिन्दगीको भयो ! हावाको लयमा सुर मिलाउँदै बतासिएँ डुलेँ जिस्किएँ । चोटहरुको सङ्ग्रामबिच बाँचेँ रङ्गिएँ घिस्रिएँ । मनचरी मौनतामा रम्दै सुभोगमा व्यस्त भएँ हेर्न आफ्नै अधोगमन । तमासा जिन्दगीको भयो, कलाकार सबै आफन्त निस्किए । २ उमेरमा केही गरौँ लाग्नु एक मन न हो महिना पुगेसी मननै थाक्नु एक मन न हो ! […]

मोतिराम भट्टको गजल- दुई आँखिभौँ त तयार छन्

दुई आँखिभौँ त तयार छन् तरबार पो किन चाहियो तिमी आफू मालिक भैगयौ सरकार पो किन चाहियो । पहरा कडा छ कटाक्षको हरदम तयार मुहारमा र भन्नु भारी महल न हो दरबार पो किन चाहियो । कति चम्किलो छ हँसाइको हिसिमा किरन पनि दाँतको मणि मोती नीर जुहार न हो अरु हार पो किन चाहियो […]

बा हुन

बा हुन कहाँ सजिलो होला र? लुकाएर राख्न मनभित्रको प्रेम दबाएर राख्न रहरका असिम खातहरु घुटुक्क निलेर दुखको आँशु मुसुक्क मुस्कुराउन ओठ। रिसभित्रको ममता गालीभित्रको प्रेम शालीनताको मिहीन आकृति लुकाएर अनुहारको कठोरतामा। बा हुनु ईश्वर हुन जत्तिकै गाह्रो छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

एक्कैछिन पर्ख!

एकैछिन रोक तिम्रो क्रान्तिकारी भाषण यहाँ एउटा बच्चो निदाएको छ बिउँझिन सक्छ। एकैछिन रोक तिम्रो कविताको विद्रोह एउटा किसान भर्खरै नार्दैछ एक हल गोरु जोत्नुछ बाँझो बारी नारा लगाउने फुर्सद छैन। एक्कैछिन पर्ख आमा भात पस्किँदैछिन् भोकाएका बा हात धुँदैछन् बच्चो भर्खरै निदाएको छ… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

जानै यदि मन भए

जानु जानै यदि मन भए। सताउनु सताउने नै रहर भए। नहेर्नु फर्केर कहिलैपनि रिस भए, इर्ष्या भए। तर यति कुरा याद राख्नु कुनै दिन त म पनि तिमीलाई त्यसैगरी भुलिदिन सक्छु जसरी- आफैँबाट पग्लिएर बगेको पानीलाई भुल्छ हिमाल। अङ्गालिँदै बत्तिएको हावालाई भुल्छ पहाड। भर्खरै बसेर उडेको बचेरोलाई बिर्सिन्छ रुख। @ विस्मय ! 0 Facebook 0 […]

विज्ञापनमा बिकिरहेको सुन्दरता

मैले पंखा किन्ने निधो गरेँ । सबेरै आइपुगेका पत्रिकामा नजर लगाएँ । पत्रिकामा विज्ञापन छापिएका छन् । थरि थरिका पंखाहरू । हरेक कम्पनिका विज्ञापनमा एकदमै सजिएर बसेका छन् सुन्दरीहरू । कुनैमा पंखाको हावाले साडी उडाइरहेको, कुनैमा कपाल । कुनैमा स्कर्टका कुना फर्फराइरहेका त कुनैमा कुर्तीका दुपट्टा । एउटा विज्ञापनमा त पंखाको माथि नै टुसुक्क बसेकी […]

चोर बन्ने प्रकृयामा

आमा! म आजकल चोर बन्ने प्रकृयामा छु । विशुद्ध चोर आमा विशुद्ध चोर.. आजकल म चोर बन्ने प्रकृयामा छु । चोरमा डर हुँदैन रे आमा! मलाई अघोर डर छ। चोरमा भय हुँदैन रे आमा! मलाई कालो भय छ। सानो उपलब्धि सानो सन्तुष्टिमै गहिरो निद्रा मस्त निदाउँछ रे ऊ । थोरै ज्ञानको भरपूर उपयोग कसरी गर्ने- […]