भन्यौ कवि- कणमा छन् ईश्वर!
कुन गिरिको पावनमा?
चुर्लुम्मै देख्छु दुनियाँ सारा
कुकर्मको प्लावनमा!
खोजेर ईश्वर अन्तर्मनमा
भेटिनँ कुनै पुर।
गहिराइमा पुगेर हेरेँ
अझै जानु कति दूर?
कुन मन्दिरमा जानु कवि?
कुन देवलाई ढोग्ने हो?
कुन मानिसमा खोज्नु ईश्वर?
कुन यात्रीलाई सोध्ने हो?