फर्कन मन छ

फर्कन मन छ बिगतको कुनै कालखण्डमा अनि हेर्न मन छ आफ्नै जीवनको नखरा। आरोह अवरोह बाटो मोडिएका गल्लीहरु ठेस लागेका भिरालाहरु जहाँ सुस्ताउन मन छ अनिँदै बिताएका रातहरुमा बिस्तारै सुम्सुम्याउँदै प्रियसीको कपाल। फर्कन मन छ अतितको कुनै बेमौसमी दिनमा जहाँ जब थाकेर सुस्ताएको थिएँ घुमाउरा गल्लीहरुमा अनि सोध्न मन छ एकपटक आफ्नै जीवनलाई- ~मेरो समय […]

कविता लेख्दै थिएँ…

हावा आयो फर्फराउँदै र बत्तिएर ल्यायो केही पहाडका गीतहरु । घाम आयो बिस्तारै र उज्यालो बनाइदियो मनको क्षितिज । पानी बर्सियो झरी बनेर र भिजाइदियो शब्दको बाँझो बारी । आकाश आयो र देखाइदियो कल्पनाको अनन्त दृश्य । म कविता लेख्दै थिएँ…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

एक्लो साँझ

वर्षौँपछी आज एक्लै मिलेको छ साँझ तर तिमी साथ छैनौ। एक्लै- हेरिरहेँछु आकाशको जून, र सम्झिरहेँछु तिमीलाई। यो एकान्त, यो मादकता… कसरी वर्णन गरौँ प्रिय? तिम्रै नाममा कबिता लेखिरहेँछु। वर्षौँपछी आज एक्लै मिलेको छ साँझ तर तिमी साथ छैनौ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

तिमी यसरी आउनु

तिमी यसरी आउनु जसरी झरी आउँछ र लछप्पै भिजाउँछ शरीर। तिमी यसरी आउनु जसरी बतास आउँछ र बिस्तारै मुसार्छ कानको लोती। तिमी यसरी आउनु जसरी बिहानै आइपुग्छ घाम र सुटुक्क घुस्रिन्छ ओछ्यानमा। तिमी त्यसरी नै आउनु जसरी सँधै आउने गर्थ्यौ र सुस्तरी निदाउँथ्यौ मेरा आँखाहरुमा।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

सुस्तरी चुमेँ उसका हत्केला

सुस्तरी एकदमै सुस्तरी चुमेँ उसका हत्केला यस्तो लाग्यो म पूर्ण हुँदैछु। अपूर्णताबाट पूर्णताको यात्रा अप्रेमबाट प्रेमको यात्रा उद्वेलनबाट शान्तिको यात्रा अस्थिरबाट थिरताको यात्रा शून्यबाट अनन्तको यात्रा.. बिस्तारै अति नै बिस्तारै चुमेँ उसका हत्केला यस्तो लाग्यो म आकाश छुँदैछु।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

अञ्जान प्रेम

अञ्जान थिए सुरुवातमा अञ्जानै‍ बनेर आए र मित्रताको हात बढाए। अञ्जान- मित्र बने मित्र- प्रेमी बने। प्रेमको बदलामा प्रेम सम्बन्धको मूल्य सम्बन्ध। के नै दिन सक्थेँ र म? कुरो अधिकारको थियो मनमा, शरीरमा भौतिक, अभौतिक। दिँदै गएँ लिँदै गएँ। बिस्तारै प्रेम एक व्यापार बन्यो।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

एउटा भ्रम थियो- मुक्त भयो

छुट्दै गए मूलबाटोमा अपलक हेरिरहेका आँखाहरु छुट्दै गए किनारामा हल्लाइरहेका हातहरु छुट्दै गए घुम्ती अनि बाटाहरु छुट्दै गए स्ट्याण्ड र स्टेसनहरु। छुटेका ति थिए या म थिएँ? जसरी गाडीभित्रबाट देखिन्छ कुदिरहेका रुखहरु। जसरी छुट्छ गाडी र उभिरहन्छ रुख। एउटा भ्रम थियो- मुक्त भयो…   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 […]

दुई कविता

एक——— बेरेर तिम्लाई अङ्गालोभरि चुमेर अधरमा । पुछेर तिम्रा आँशुका थोपा हेरेर नजरमा । छामेर तिम्रो मुटुको चाल उन्मत्त रहरमा । बिताउन मन छ यो जिन्दगानी तिम्रै त्यो शहरमा । ………. दुई——– प्रेममा थोरै लज्जा छैन भने त्यो प्रेम- प्रेम होइन अर्थोकै केही हो ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

चुपचाप मन पराएँ

आफू बिलाएँ र तिमीमा हराएँ। मोडेर यात्रा तिमीभित्र आएँ। जति’थे सपना तिमीमै गुमाएँ। जीवनको भारी तिमीमै बिसाएँ। झुकेर आफू तिमीलाई उठाएँ। अस्तित्व आफ्नो तिमीमै मेटाएँ। मन मिल्ने मान्छे तिमी मात्रै पाएँ। खैर! जे होस् मैले तिमीलाई चुपचाप मन पराएँ।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

सुरक्षा

कसैले पछाडीबाटै भन्दियो झोलाको चेन नलागेको र मैले लगाएँ। बाइकको स्ट्यान्ड साडीको सप्को ठाउँको ठेगाना भुलिएको गल्ली… भेटिरहँदा अपरिचितहरु र बिना परिचय बताइदिँदा अल्मलिएको बाटो र मुस्कुराउँदै औँल्याइदिँदा साना साना गल्तीहरु। लाग्छ अपरिचितहरुको भिडमा बरु सुरक्षित छु म।   0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp