गजल- तिम्रो पनि मेरो पनि

संघर्षको कहानी तिम्रो पनि मेरो पनि
उस्तै उस्तै नादानी तिम्रो पनि मेरो पनि ।

दुखाइ पिडा गाह्रो छ सहनलाई त्यता पनि
एकैखाले हैरानी तिम्रो पनि मेरो पनि ।

रसाउँछन् यी आँखाहरु वेदनाले मन दुख्दा
आँशुधारा सिरानी तिम्रो पनि मेरो पनि ।

जाउँ कतै अर्कैतिर अर्कै देश अर्कै भूगोल
आफ्नै थलो बिरानी तिम्रो पनि मेरो पनि ।

कसलाई भन्ने पीरहरु कसले बुझ्ने कसले सुन्ने ?
भार भयो जवानी- तिम्रो पनि मेरो पनि ।

संघर्षको कहानी तिम्रो पनि मेरो पनि
उस्तै उस्तै नादानी तिम्रो पनि मेरो पनि ।

@ विस्मय !

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *