एउटा दिन त
यसै बितेर जान्छ।
बिहान हुन्छ
र रात पर्छ।
मानौँ
एक निमेषमा घट्ने गर्छन्
सारा घटनाहरु।
आँखा उघार्दा दिन हुन्छ
आँखा चिम्लिँदा रात सकिन्छ।
म बुझ्न सक्दिनँ-
कहाँ गइरहेँछु?
कसलाई पर्खिरहेछु?
यो दिन झैँ-
मलाई साँझको पर्खाई छ कि
बिहानको?
फगत~
एउटा दिन त
यसै बितेर जान्छ।