गजल- कुनैबेला

केही मिठो केही न्यानो त्रास चल्थ्यो कुनैबेला
छचल्किँदै मुटुभरि प्यास चल्थ्यो कुनैबेला ।

खटपटी’थ्यो बेहिसाबको त्यता पनि यता पनि
प्रेमालापको कल्पनामा हतास चल्थ्यो कुनैबेला ।

माधुर्यको धुन हुन्थ्यो झन्झनाउँथे रहरहरु,
मादकता त्यो उत्तेजना मिठास चल्थ्यो कुनैबेला ।

अस्पष्ट थ्यो कहानी त्यो, अस्पष्टै त्यो जवानी’थ्यो
अस्पष्टै ति सुवास बोकी बतास चल्थ्यो कुनैबेला ।

मुटु चल्थ्यो श्वास चल्थ्यो- गुमुक्क’थे नसाभरि
केही चिजको झिनो सही- आश चल्थ्यो कुनैबेला ।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *