महसुस हुनपर्छ

महसुस गरेकी छ्यौ?
फूलको थुङ्गामा फक्रिएको मुस्कान
शितको थोपामा तप्किएको शितलता
चराको गानमा गुञ्जिएको मिठास
हावाको सुस्काईमा झुमेको मादकता…

प्रेम सजिलै हुन्न प्यारी!
धेरै कुरा
महसुस हुनुपर्छ।

याद आएन?
महसुस भएन?
प्रेम अङ्कुराएन?

उसो भए
तिम्रो नियतमै खोट छ…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *