कथा भित्रका कथाहरु…

हुन त संसारमा हरेक मान्छेहरूका आ-आफ्नै कथाहरू हुन्छन् । आ-आफ्नै व्यथाहरू हुन्छन् । कति लेखिन्छन्, बोलिन्छन्, सुनिन्छन्, सुनाइन्छन् त कति यसै बिलाएर जान्छन् । कथा मिठा हुन्छन्, कथा नमिठा हुन्छन् । कथा दुःखका हुन्छन् कथा सुखका हुन्छन् । वेदना, पीडा, हैरानी, लाचारी अथवा मान्छेले जिवनमा भोगेका अमिला समयहरूलाई कतिले लेख्छन् र वियोगान्त बनाउँछन् । संसार […]

गिद्धको देशमा

केही मान्छे रुँदैछन् सुशासन मर्‍यो भनेर। मानौँ पहिला जिउँदो थियो र यतिबेला मर्‍यो! केही मान्छे कराउँदैछन् सबै सक्कियो भनेर। मानौँ पहिला भरिएथ्यो र यतिबेला सकियो! साथी! यति कुरा त तिमी पनि बुझ्छौ म पनि बुझ्छु यहाँ जे थियो बर्बाद थियो। गिद्धहरुको देशमा सिनोबाहेक केही मिल्छ र? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

छोरीको आमा हुुन!

साथी! आउ आज एउटा कुरा गरौँ तिमी तिम्रा अप्ठ्यारा सुनाऊ म मेरा सुनाउँला। तिमीलाई सबैभन्दा गाह्राे के लाग्छ साथी? शिखर चुम्न? पातालमा भासिन? बाँच्न ? कि बँचाउन? खुसिले उन्मत्त हाँस्न? कि पीडाले कचल्टिएर रुन? कत्तिपनि नहिच्किचाइ भन आज तिमीलाई सबैभन्दा गाह्राे के लाग्छ? म भनौँ? मलाई त सबैभन्दा गाह्रो आमा हुन लाग्यो अझ एउटी छोरीको […]

हेरिदिए पुग्छ…

बोल्न खोज्दा ओठ काँपे आँखैले इशारा गरिदिए पुग्छ। छुन खोज्दा हात डराए निहुराइदिए हुन्छ शिर। कति कुरा होलान् ति मनभरी अव्यक्त, अस्पष्ट~ बुझ्छु नि म पनि! सधैँभरी सबै कुरा~ बोलिन्न, भनिन्न सुनिन्न, सुनाइन्न। मनको पुकार आँखामै छताछुल्ल छन् प्रिय। बस् हेरिदिए पुग्छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

आकांक्षा

हुन त धेरै आकांक्षा पनि थिएनन् मेरा! थोरै मनको समर्पण अलिकति मुस्कानको आतिथ्यता थोरै प्रेमिल अभ्यर्थना अनि आँखाभरी खुसी र मनभरी प्रतिक्षाको निर्मल प्रवाह बोकेर कोही पर्खिरहेको होस् मूलबाटोमा उभिएर.. म आएको पनि थिएँ तिमीलाई भेटेको पनि थिएँ! तर तिमी त्यहाँ थिएनौ र फर्किएँ! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

हरिभक्त कटुवालको कविता- मैले कसको के बिगारेँ ?

भन ए जगका निष्ठुर मानव मैले कसको के बिगारेँ ? कसको मैले सिन्दुर खोसेँ जो आज मलाई हेला गछौँ ! न त कुनै दिन मैले कसैको दौलतमाथि हात बढाएँ कसलाई मैले घाऊ लगाएँ ? जो आज मलाई पर गर्छौ ! जगका मानव किन चुप छौ बोल न मैले कसलाई लुटेँ ? कहिले, कुन दिन स्वार्थ […]

यो शहर

बाटोको छेउबाट चुपचाप हिँडिरहँदा जब देखिन्छ बाटोको मोल पेटीको कर कुनाको भाडा। सास फेर्दा-फेर्दै बिच्चैमा जब मागिन्छ हावाको मूल्य र पानीको दाम। जब तिर्नुपर्छ लघुशंकाको भाडा र पिउनुपर्छ हरेक घुट्किमा ढलको पानी। त्यतिबेला मलाई लाग्छ यो शहर शहर होइन फगत कारोबारीहरुको बिसौनी हो। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

डायरीको पानाबाट

कोसँग पो छ र समय? हरकोही दौडिरहेका छन्! बिस्तारै सकिँदैछ समय- एकछिन थामिएर गफिने फुर्सद एकैछिन अडिएर मुस्कुराउने धैर्य एकैछिन उभिएर सोध्ने हालखबर र सञ्चो बिसञ्चो! तर हरकोहीलाई छुट्टिनै हतार यो शहरमा एउटा डायरी छ! जो सधैँ पर्खिरहन्छ मलाई हरेक दिन एक नयाँ कविताको प्रतिक्षामा। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]

गजल

सबै कुरा सामान्य छ विशेष केही छैन भग्नावशेष मनभित्र शेष केही छैन। जल्दैछ जलिरह्यो धिप्धिपायो दियोसरी पिडाभित्र कोलाहल छ बेस केही छैन। खण्डहर भो उजाडियो पाखो भयो खडेरीको टुक्रा जमीन अडिनलाई प्रदेश केही छैन। बदलिएला संसार सारा बदलिएला आकाश बरु उजाड मन बदलिनलाई भेष केही छैन। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

कृष्णभूषण बलको कविता- काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन

काठमाण्डू एक्लैले अब काठमाण्डू बोक्न सक्दैन काठमाण्डू एक्लैले अब सिंगै नेपालको अर्थ लगाउन सक्दैन । नाघ्नुपर्छ पैतलाहरुले- अब भनज्याङ्गहरु टेक्नुपर्छ आँखाहरुले- अब सारा पहाडहरु उड्नुपर्छ निश्चित लक्ष्यहरुमा- अब यो छिमलका चराहरु ज्वालामुखीझै फुट्नुपर्छ- अब यो पिढीका स्वरहरु छाम्दै हातहरुले काँडाहरु- अब टेक्न सक्नुपर्छ काठमाण्डू त अब डाँडाहरुमा बिछिन सक्नुपर्छ । एउटै ढुङ्गाले कुनै घर बनिन […]