बाटोको छेउबाट
चुपचाप हिँडिरहँदा
जब
देखिन्छ बाटोको मोल
पेटीको कर
कुनाको भाडा।
सास फेर्दा-फेर्दै
बिच्चैमा जब मागिन्छ
हावाको मूल्य
र पानीको दाम।
जब
तिर्नुपर्छ लघुशंकाको भाडा
र पिउनुपर्छ
हरेक घुट्किमा ढलको पानी।
त्यतिबेला मलाई लाग्छ
यो शहर
शहर होइन
फगत
कारोबारीहरुको बिसौनी हो।