डायरीको पानाबाट

कोसँग पो छ र समय?
हरकोही दौडिरहेका छन्!

बिस्तारै सकिँदैछ समय-
एकछिन थामिएर गफिने फुर्सद
एकैछिन अडिएर मुस्कुराउने धैर्य
एकैछिन उभिएर सोध्ने
हालखबर र सञ्चो बिसञ्चो!

तर
हरकोहीलाई
छुट्टिनै हतार यो शहरमा
एउटा डायरी छ!
जो सधैँ पर्खिरहन्छ मलाई
हरेक दिन
एक नयाँ कविताको प्रतिक्षामा।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *