गजल

सबै कुरा सामान्य छ विशेष केही छैन
भग्नावशेष मनभित्र शेष केही छैन।

जल्दैछ जलिरह्यो धिप्धिपायो दियोसरी
पिडाभित्र कोलाहल छ बेस केही छैन।

खण्डहर भो उजाडियो पाखो भयो खडेरीको
टुक्रा जमीन अडिनलाई प्रदेश केही छैन।

बदलिएला संसार सारा बदलिएला आकाश बरु
उजाड मन बदलिनलाई भेष केही छैन।

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *