बोल्न खोज्दा ओठ काँपे
आँखैले इशारा गरिदिए पुग्छ।
छुन खोज्दा हात डराए
निहुराइदिए हुन्छ शिर।
कति कुरा होलान् ति मनभरी
अव्यक्त, अस्पष्ट~
बुझ्छु नि म पनि!
सधैँभरी सबै कुरा~
बोलिन्न, भनिन्न
सुनिन्न, सुनाइन्न।
मनको पुकार
आँखामै छताछुल्ल छन् प्रिय।
बस्
हेरिदिए पुग्छ।