गिद्धको देशमा

केही मान्छे रुँदैछन्
सुशासन मर्‍यो भनेर।
मानौँ
पहिला जिउँदो थियो
र यतिबेला मर्‍यो!

केही मान्छे कराउँदैछन्
सबै सक्कियो भनेर।
मानौँ
पहिला भरिएथ्यो
र यतिबेला सकियो!

साथी!
यति कुरा त
तिमी पनि बुझ्छौ
म पनि बुझ्छु
यहाँ जे थियो
बर्बाद थियो।

गिद्धहरुको देशमा
सिनोबाहेक केही मिल्छ र?

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *