जसै उघ्रन्छ झ्याल

घरक्क उघ्रिन्छ झ्याल र छिर्छ चिसो सिरेटो। मुसार्छ कान चिमोट्छ गाला सुम्सुम्याउँदै कुम, गर्दन र पाखुराहरुमा खुसुक्क घुस्रिन्छ बिछ्यौनामा। म सम्झन खोज्छु- कुनैबेलाको तिम्रो उपस्थिति त्यो पल,त्यो सामिप्यता र त्यो काउकुती। आज धेरैपछि तिम्रो याद लाडिएर कुत्कुत्याइरहेछ मनभरी… @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

महाकविको कविता- पागल

जरुर साथी म पागल! यस्तै छ मेरो हाल! म शब्दलाई देख्दछु! दृश्यलाई सुन्दछु! बास्नालाई स्वाद लिन्छु! आकाशभन्दा पातला कुरालाई छुन्छु! ती कुरा, जसको अस्तित्व लोक मान्दैन जसको आकार संसार जान्दैन! म देख्दछु ढुङ्गालाई पूल! जब, जल–किनारका जल–चिप्ला ती कोमलाकार पाषाण, चाँदनीमा, स्वर्गको जादूगर्नी मतिर हाँस्दा, पत्रिएर, नर्मिएर, झल्किएर, बल्किएर उठ्दछन् मूक पागलझैं, पूल झैं एक […]

मेरै छायाँ

सपना’थे सबै टुटे कुन मोडमा, कता छुटे! मलाई छोडी मेरै मुटु टाढा सरेछ। मलाई छोडी मेरै छायाँ कतै झरेछ! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

बदलाव जरूरी’थ्यो

धेरै कुरा फरक थियो, बदलाव जरुरी थ्यो। साथ रहन गाह्रो थियो, टकराव जरुरी थ्यो। ढलपल ढलपल पलपल चल्थ्यो थिर थिएन केही पनि। सम्बन्ध थ्यो- नाम मात्रैको गम्भिर थे’न कोही पनि। दोसाँधमा कति बस्ने? चुनाव जरुरी थ्यो। धेरै कुरा फरक थियो, बदलाव जरुरी थ्यो। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 […]

गाउँ

जसरी दशैँमा गाउँ फर्किन्छ सहर पर्व बोकेर र उसैगरि फर्किन्छ फेरि सहरमै। गाउँ- कुनै छुटेको प्रेमजस्तो पुरानो प्रेमीजस्तै सधैँ जवान, सधैँ ताजा भएर चुपचाप बसिरहन्छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मलाई बिउँझनु छैन

मलाई सुन्नुछ तिम्रो धड्कनबाट बेगिँदै निस्किएको प्रेमाह्वान। मलाई सुन्नुछ श्वाशको रफ्तारभित्र उकुसमुकुस गुञ्जिएको चाहनाको धून। मलाई सुन्नुछ तिमीले मनमनै फुस्फुसाएको मेरै नामको मन्त्र। मलाई सुन्नुछ र हराउनुछ तिमीभित्र। तिम्रो छातीमा शिर थमाएर निदाइसकेँ अब मलाई बिउँझिनु छैन। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

चाहँदैमा

चाहँदैमा पाइन्छ? कसैको प्रेम कसैको मिठो हाँसो कसैको मधुर जवाफ कसैको मायालु हेराई… चाहना दोहोरो हुनुपर्छ चाहनामा संयोग हुनुपर्छ। एकोहोरो त याद हुन्छ साथी पर्खाई हुन्छ, तड्पाई हुन्छ। चाहँदैमा- संसारको खराब भन्दा खराब चिज पनि पाइन्न। चाहँदैमा- केही पाइन्न। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

मन पर्दैमा..

मन पर्दैमा फूल- चुँड्नैपर्छ भन्ने छैन मन पर्दैमा आकाश- उड्नैपर्छ भन्ने छैन। मन पर्दैमा कोइलीले सुसेल्दैन तिम्रो लागी, मन पर्दैमा भमराले फूल चुम्दैन तिम्रो लागी। मन पर्दैमा झुटो प्रेम लाउनैपर्छ भन्ने छैन मन पर्दैमा कसैलाई पाउनैपर्छ भन्ने छैन। मन त आखिर मनै न हो! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]

कमजोरी

मन यतिकै टुट्दैन कोही त हुन्छ टुटाउने! मनको नजिकै बसेर छिनोले भित्तो कोट्याएझैँ मनको कमजोर भाग कोट्याइरहने। कोही त हुन्छ फुटाउने- सपनाको आकाशमा पुर्‍याएर जमिनमा छोडेझैँ! जसरी झर्छ उडिरहेको चरो~ माथी आकाशबाट! कोही त हुन्छ- उही त हुन्छ! जो सबसे करिब हुन्छ जो मनको नजिक हुन्छ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin […]

चूलीमा पुगेपछि

चूलीमा पुगेपछि धेरै कुरा सुन्दर देखिन्छ। मा~थि छर्लङ्ग उघ्रिएको आकाश त~ल गाउँको चहलपहल धूवाँ उडिरहेका घरहरु मन लाग्दैन कविता लेख्न? किसानको कठोर परिश्रम पूरा आङ् लुगा नपाएकी षोडशी खाली खुट्टै खेलिरहेको सुन्दर बच्चो.. चूलीमा पुगेपछि- दु:ख पनि रोमाञ्च बनेर सुर मिलाउन आउँछन् लामबद्ध बनेर। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger […]