मलाई सुन्नुछ
तिम्रो धड्कनबाट
बेगिँदै निस्किएको प्रेमाह्वान।
मलाई सुन्नुछ
श्वाशको रफ्तारभित्र
उकुसमुकुस गुञ्जिएको
चाहनाको धून।
मलाई सुन्नुछ
तिमीले मनमनै फुस्फुसाएको
मेरै नामको मन्त्र।
मलाई सुन्नुछ
र हराउनुछ तिमीभित्र।
तिम्रो छातीमा
शिर थमाएर निदाइसकेँ
अब मलाई
बिउँझिनु छैन।