अफसोस

तिनीहरुसँग कुनै अफसोस छैन मलाई जो चुपचाप जान्छन् र केही नभनी विदा हुन्छन् । अफसोस त मलाई तिनीहरुसँग छ जो केही भन्न खोज्छन् र नभनी जान्छन् । @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

सदिक्षा चापागाईँका तीन कविता

म चरी बन्ने छु म चरी बन्ने छु शरीर भुइँमै भए पनि मनको उड्ने रहर पूरा गराइदिने छु! म ‘एक्लोपन’मा होइन, ‘एकान्त’मा आफूसँग जिउने छु ताकि गुमाइसकेकी आफूलाई फेरि अपनाउन सकुँ म भीडमा एक्लिएर थाकिसकेँ, एकान्तमा आफूलाई भेटाउन सकुँ। त्यसैले मलाई यात्रा एक्लै गर्ने मन छ हो, मलाई स्वतन्त्र हुने मन छ। ………… परिचय यस्तो […]

जीवन चलिरहेछ..

कहाँ हराए जिन्दगीमा रङ्ग भर्न आएकाहरु ? कहाँ हराए तिम्रो जिन्दगीको एउटा हिस्सा मसँगै छ- मैभित्र छ भन्नेहरु ? कहाँ हराए आँखाको आँशु अनि आँशुको मूल्य बताएर नथाक्नेहरु? हराउने नै रहेछन् आशाहरु हराउने नै रहेछन् सपनाहरु दबिएरै जाने रहेछन् इतिहासहरु इतिहासकै गर्तमा। जीवन जो चलेकै थियो चलि नै रहेछ… @ विस्मय ! 0 Facebook 0 […]

तिमी भएपछि

आदि, मध्य अनि अन्त्य विगत, वर्तमान अनि भविष्य सुरुवात, यात्रा अनि गन्तव्य जन्म, जीवन अनि मरण… मेरो लेखन र लेखनी- सबै तिमी रहँदा रहँदै अरु के नै लेख्न सकुँला र म? @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

कोही होस्- जो केवल रहोस्

दाग होस् तर सुन्दर होस् चन्द्रमा जस्तै । तुँवालो होस् तर शितल होस् हावा जस्तै । छातीमा समेटेर चट्टान र गेग्रानहरु शान्त बनिरहोस् पहाड जस्तै । छाल उछालका अनेकन धक्काहरुमा पनि सौम्य बनिरहोस् किनारा जस्तै । कोही होस् जो केवल होस् र रहोस् साथ रहोस् र बसिरहोस् श्वास जस्तै… @ विस्मय ! 0 Facebook 0 […]

अझै लेख्नुछ

अझै केही कविता लेख्नैछ अझै केही कहानी सुनाउनैछ अझै खोज्नैछ अन्तर्मनमा कतै लुकेका भावहरुलाई। अझै एकपटक धीत मरुन्जेल अँगालेर हेर्नुछ कसैको आँखामा र सोध्नुछ अन्तिमपटक सम्बन्धको परिभाषा! अझै केही यात्रा बाँकी छ… अनि तिमी भन्छौ म यात्रा रोकुँ? धैर्य राख साथी म अझै अघाएको छैन! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 […]

कथा- अतृप्ति

एकाबिहानै राधाको फोनले बिउँझिएँ। सामान्य हाई हेल्लो, हालखबर अनी सञ्चो-बिसञ्चोका कुरा सकाएर उसले मूल कुरा गरी ‘मैले तेरै रुम छेउ रुम लिएकी छु। भरे आइज है!’ अनि फोन राखी। साँझ अफिस छुट्टी भएसी गएँ। ठिमी चोकबाट हनुमन्ते पुल तरेर उकालो कटेसी दायाँतिर थोरै भित्र लिएकी रैछ रुम। तिनतले घरको दोस्रो तल्लामा तिन कोठाको फ्ल्याट थियो […]

खोजी

तिमीमा मैले के के खोजिनँ! कहिले आमा खोज‌ेँ मातृत्वको ममता। कहिले मित्र खोजेँ आफूजस्तै समानता। कहिले प्रेम खोजेँ- त कहिले खोजेँ वासना। कहिले मधुर मिलन खोजेँ कहिले चाहेँ उपासना। सबै खोजेँ तिमीभित्र तिमी मात्रै भेट्टाइनँ। सायद! मैले कहिल्यै तिमीमा आफू खोज्नै चाहिनँ। @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber […]

मलाई छोडी मेरै छायाँ….

सपना’थे सबै टुटे कुन मोडमा, कता छुटे! मलाई छोडी मेरै मुटु टाढा सरेछ। मलाई छोडी मेरै छायाँ कतै झरेछ! @ विस्मय ! 0 Facebook 0 Twitter 0 Linkedin 0 Facebook-messenger 0 Viber 0 Whatsapp

जरुरत

जरुरी छैन हरेक दिन सुन्दर हुन्छ हरेक क्षण सानदार हुन्छ । जरुरी छैन हरेक बिहान गालामा ठोकिन्छ आइपुग्छ एउटा कलिलो घाम। बरु कहिलेकाहीँ ठिहीले जिस्काउँछ चिमोट्दै दुखले गलाउँछ धकेल्दै र आँशुले पखाल्छ मनको पिर। बस् जरुरी छ त केवल जीवन जरुरी छ श्वास फेर्न जरुरी छ श्वास फेरिरहन जरुरी छ। @ विस्मय ! 0 Facebook […]