कोही होस्- जो केवल रहोस्

दाग होस् तर सुन्दर होस्
चन्द्रमा जस्तै ।
तुँवालो होस् तर शितल होस्
हावा जस्तै ।

छातीमा समेटेर चट्टान र गेग्रानहरु
शान्त बनिरहोस् पहाड जस्तै ।

छाल उछालका
अनेकन धक्काहरुमा पनि
सौम्य बनिरहोस् किनारा जस्तै ।

कोही होस्
जो केवल होस् र रहोस्
साथ रहोस् र बसिरहोस्
श्वास जस्तै…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *