अझै केही कविता लेख्नैछ
अझै केही कहानी सुनाउनैछ
अझै खोज्नैछ
अन्तर्मनमा कतै
लुकेका भावहरुलाई।
अझै एकपटक
धीत मरुन्जेल अँगालेर
हेर्नुछ कसैको आँखामा
र
सोध्नुछ अन्तिमपटक
सम्बन्धको परिभाषा!
अझै केही यात्रा बाँकी छ…
अनि तिमी भन्छौ
म यात्रा रोकुँ?
धैर्य राख साथी
म अझै अघाएको छैन!