तिमीमा मैले
के के खोजिनँ!
कहिले आमा खोजेँ
मातृत्वको ममता।
कहिले मित्र खोजेँ
आफूजस्तै समानता।
कहिले प्रेम खोजेँ- त
कहिले खोजेँ वासना।
कहिले मधुर मिलन खोजेँ
कहिले चाहेँ उपासना।
सबै खोजेँ तिमीभित्र
तिमी मात्रै भेट्टाइनँ।
सायद!
मैले कहिल्यै तिमीमा
आफू खोज्नै चाहिनँ।