पहिलो शब्द
संसारकै पहिलो शब्द कसले लेख्यो होला? कसले लेख्यो होला संसारकै पहिलो अक्षर? आमाको नाम लेख्यो होला कि लेख्यो होला आफ्नी मायालुको नाम? या त लेख्यो आफूले आस्था राखेको ईश्वरको नाममा मधुर मन्त्र? मैले लेख्न सकेको हुँदो हुँ त के लेख्थेँ हुँला? सायद- अनायासै लेख्ने थिएँ तिम्रो नाम। @ विस्मय ! 0 Facebook 0 Twitter 0 […]