मलाई अझै लेख्नुछ-
विगतको कुनै विस्मृत स्मृति
केही
अधुरा प्रेम
अपुरा सपना
तम्तम्याइला धुलाम्मे रहरहरु
झुम्म नशा जस्ता रसिक रातहरु
या त
कराल नीरवताको पट्यारिलो साँझ।
मलाई अझै लेख्नुछ-
मगजमा गञ्जागोल गुजुल्टिका
भावहरु, विचारहरु
फुकाउनुछ, छर्नुछ
पोख्नुछ, बगाउनुछ।
मलाई अझै लेख्नुछ..