फरक मुहानका पानीहरु
एकाकार भएर बगेको नदीजस्तै
सललल बगिरहेछ काठमाण्डू
सागर बोकेर उचालिएको हिमाल जस्तै
साँझ बोकेर उदाएको बिहान जस्तै
धर्तिलाई काखी च्यापेर
मस्त निदाएको आकाश जस्तै
हजार वर्षको इतिहास
अर्को हजारौँ वर्षलाई थन्क्याउँदै
हजारौँका सपना काँधमा बोकेर
दौडिरहेछ काठमाण्डू…