यादहरु

तिमीसँगका यादहरु
वेदका ऋचाझैँ
चिरस्थायी छन् हृदयमा।

तिमीसँगको हरेक भेट
मानौँ
स्वप्नपछिको जागृती
विस्मरण पछिको स्मृति।

हरेक मिलाप
हरेक वातचित
हरेक क्षण
या हरेक पल~
नवीन,ताजा
शान्त,शालीन।
मानौँ
खडेरीपछिको वर्षात
तुसारोपछिको घाम।

मानौँ
सारा भ्रमको विलय
र अद्वैततर्फको यात्रा…

@ विस्मय !

Leave a Reply

Your email address will not be published. Required fields are marked *