जित हौ तिमी- मेरो हार हौ तिमी
जीवन हौ तिमी- जिउने आधार हौ तिमी ।
प्रेम हौ तिमी- प्रेमको सार हौ तिमी
प्राप्ति हौ तिमी- मेरो उपहार हौ तिमी ।
सपना छ तिमीभित्र उमङ्ग छ त्यतैतिर
छाल यता सल्बलाउँछ तरङ्ग छ त्यतैतिर ।
मुस्कान हौ तिमी- जलन हौ तिमी
दुखाईको यो दर्फराइमा- मल्हम हौ तिमी ।
खुसी हौ तिमी- मेरो पीर हौ तिमी
अस्थिर हौ तिमी थिर हौ तिमी ।
श्वास तिमी हौ निःश्वास हौ तिमी
उचाइ तिमी नै प्रयास हौ तिमी ।
जित हौ तिमी- मेरो हार हौ तिमी
जीवन हौ तिमी- जिउने आधार हौ तिमी ।